राप्ती गाउँपालिकाका कृषकलाई ५० लाख बराबरको कृषि औजार वितरण

बिहीबार, साउन ३, २०८१

दाङ - दाङको राप्ती गाउँपालिकाका दुईवटा कृषक समूहलाई ५० लाख बराबरको कृषि औजारसम्बन्धी सामाग्री हस्तान्तरण गरिएको छ ।

बंगलाचुली गाउँपालिका

राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुरमा रहेको नव प्रतिभा कृषि सहकारी संस्था र वडा नम्बर ७ छोट्की सिसहनियाँमा रहेको हरितजन क्रान्ति कृषक समूहलाई सो मूल्य बराबरको कृषि औजार सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्षाती गडरियाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार कष्टम हायरिङ सेन्टर स्थापना कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकारको ८० प्रतिशत अनुदान र कृषक समुहहरुको २० प्रतिशत लागतमा सो कृषि औजार हस्तान्तरण गरीएको हो।

सो कृषक समुहहरुलाई एकरएक वटा ट्याक्टर,थ्रेसर,कल्टिभेटर र हाइड्रोलीक ट्रली हस्तान्तरण गरिएको छ ।भने नव प्रतिभा कृषि सहकारी संस्थालाई ५ वटा कर्ण सेलर समेत हस्तान्तरण गरिएको छ।
किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा सो कृषि औजार प्रदान गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

“परम्परागत रुपमा खेती गर्दा आम्दानी भन्दा लागत बढी पर्न जान्छ।”अध्यक्ष विष्टले भन्नुभयो,(“कृषकहरुको समस्या बुझेर कृषि कार्यलाई सरल र सहज बनाउन यो कृषि औजार प्रदान गरेका छौं । यसले कम समय लाग्छ । खर्च पनि कम हुन्छ ।”

त्यस्तैगरी अध्यक्ष विष्टले अनुदानमा पाएको सामाग्रीलाई सहि रुपले सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश कृषि मन्त्रालयका सचिव नम्रता सिंहले कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नु आवश्यक रहेको बताउनुभयो ।

कृषक प्रेमलाल चौधरीले कृषकहरूको माग र आवश्यकता अनुसार कृषि औजार उपलब्ध भएको प्रति खुशी व्यक्त गर्दै यसले आफूहरू लाई कृषि कार्य गर्न सहज हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने बताउनुभयो ।

कृषि औजार वितरण कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं।२ का वडा अध्यक्ष पहलवान चौधरी,६ का अध्यक्ष दिपक कुमार चौधरी,वरिष्ठ कृषि अधिकृत सन्देश धिताल,जिन्सी शाखा प्रमुख बासुदेव खनाल,आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य,कृषि प्रविधिक निर्मला गिरी लगायत कृषकहरुको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्