जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ

बिहीबार, साउन ३, २०८१

तनहुँ -  जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा  एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बंगलाचुली गाउँपालिका

 पक्राउ परेकी  तनहुँ  जिल्लाको व्यास–१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा  हुनु । थापाले भीमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१ बगर निवासी ३८ वर्षिया रुपासरा रानालाई ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइदिन्छु भनी ठगी गरेको खुल्न आएको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनु । उनका अनुसार आरोपित थापाले विभिन्न बैङ्क खातामा  रु ७९ लाख ९७ हजार नौ सय १९ पैसा जम्मा गर्न लगाइकी थिइन् ।

प्रहरीले निजको साथबाट रु चार लाख ८० हजार र विभिन्न सात बैंकको चेक बुक बरामद गरेको छ । उनले भने, “ठगीसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको  प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०५:४६
प्रतिक्रिया दिनुहोस्