प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान

बुधबार, साउन २, २०८१

दाङ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गरेका व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नु भएको छ ।

बंगलाचुली गाउँपालिका

गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले २०७९ र २०८० सालका पुरस्कार प्रदान गर्नु भएको हो । प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गर्नु भयो।

त्यस्तैगरी प्रधानमन्त्री ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिला सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गर्नुभयो । छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही एक लाख रुपैयाँको छभने युवा पुरस्कार ५० हजार रुपैयाँको रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्