एलन मस्कद्वारा २ वटा ठूला कम्पनीको मुख्यालय टेक्ससमा सार्ने घोषणा 

बुधबार, साउन २, २०८१

दाङ - विश्वकै धनी अमेरिकी अर्बपति एलन मस्कले आफ्ना दुई वटा मुख्य कम्पनीको मुख्यालय क्यार्लिफोनियाबाट टेक्ससमा सार्ने घोषणा गर्नुभएको छ । क्यार्लिफोर्नियाको कानुन चित्त नबुझेको भन्दै मस्कले रकेट कम्पनी 'स्पेस एक्स' र सामाजिक सञ्जाल 'एक्स' को कार्यालय टेक्ससमा सार्ने घोषणा गर्नुभएको हो ।

बंगलाचुली गाउँपालिका

अब 'स्पेस एक्श' को मुख्य कार्यालय टेक्ससको बोका चिका र 'एक्स' को मुख्यालय टेक्ससकै अस्टिनमा सर्नेछ । विशेष गरेर क्यार्लिफोर्नियाको लैङ्गिक पहिचान कानुनलाई कारण देखाएर मस्कले मुख्यालय टेक्ससमा सार्ने बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

क्यालिफोर्नियाको नयाँ कानुनले यदि विद्यालयका बालबालिकाले लैङ्गिक पहिचान परिवर्तन गरेमा शिक्षकले यो कुरा अभिभावकलाई भन्न जरुरी नहुने व्यवस्था गरेको छ । मस्कले यसको विरोध गर्नुभएको छ ।

विश्वकै सबैभन्दा धनी व्यक्ति मस्कले आफ्नो निवास पनि सन् २०२१ मा क्यालिफोर्नियाबाट टेक्ससमा सार्नुभएको थियो । टेक्ससमा राज्यले व्यक्तिगत आयकर लगाएको छैन । पछिल्ला दिनहरूमा एलन मस्क राजनीतिमा पनि खुलेरै लाग्नुभएको छ । उहाँले रिपब्लिनक डोनाल्ड ट्रम्पलाई समर्थन गर्दै ठूलो रकम सहयोगको घोषणा गर्नुभएको  छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्