पौडी खेल्ने क्रममा खोलामा बेपत्ता भएका युवकको शव फेला

बुधबार, साउन २, २०८१

कास्की - कास्कीको पोखरा महानगरपालिका–२३ घाँटीछिनाको हर्पन खोलामा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

बंगलाचुली गाउँपालिका

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–८ नागढुङ्गा बस्ने २५ वर्षीय सन्तोष सिम्खडा पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको थियो ।

सशस्त्र प्रहरीको गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले झण्डै २० फिट गहिराईबाट उहाँको शव बाहिर निकालेको हो ।  

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्